राष्ट्रियसभा अध्यक्ष पद छोड्न नहुने स्थायी कमिटीका सदस्यहरूको धारणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटिका सदस्यहरुले राष्ट्रियसभा अध्यक्षको पद छोड्न नहुने सुझाव दिएका छन् ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा नेताहरुले आ आफ्नो धारणा राख्दै अध्यक्ष पद छोड्न नहुने धारणा राखेका हुन् ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए ।

बैठकमा पूर्वनिर्धारित एजेन्डा अनुसार कार्यविभाजन, अभियान सञ्चालन र पार्टीको आगामी योजनाबारे टुङ्गो लगाउने भनिए पनि भजन शिरोमणि भक्तराज आचार्यको श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने भएकाले बैठक छोट्याइएको उनले बताए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधबार) पनि बोलाइएको छ ।