राष्ट्रपतिले माफी दिएका रिगललाई जेल पुर्याउने भारतीले मान्नधरले गरिन् विष सेवन 

काठमाडौँ ।  बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छन् ।

आज मंगलबार साँझ उनले विष  विष खाएको प्रहरीले जनाएको छ। उनको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।

उनको अवस्था स्थिर रहेको र किन विष सेवन गरेकी हुन् भन्ने यकिन नभएको जनाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।