सिंहदरबार र संसद् भवन अगाडिको फुटपाथमा हिँड्न रोक, प्रहरीले लगायो घेराबार

काठमाडौँ । सर्वसाधारणलाई संसद भवन अगाडी फुटपाथमा हिँड्न रोक लगाइएको छ ।

हिजो सोमबार  लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरको संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेपछि  प्रहरीले सुरक्षा व्यवस्था कडा पार्न सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा सर्वसाधरणलाई हिँड्न रोक लगाएको हो ।

सिंहदरबारको पर्खालसँगैको फुटपाथ र सङ्घीय संसद् भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

प्रहरी परिचालन गरेर त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको छ । फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ ।