सर्वोच्चले दियो सन्दीप लामिछानेलाई विदेश जान अनुमति

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको छ । यसका साथै सर्वोच्च अदालतले लामिछानेलाई फेरि पक्राउ गर्नु नपर्ने समेत फैसला गरेको छ । 

साेमबार न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्ने आदेश पनि सदर गरेको हो ।