घरको छतबाट खसेर १८ वर्षीय कमला केसीको मृत्यु  

काठमाडौँ । घरको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ । दाङको तुलसीपुर पमहानगरपालिका– ५ रानी जरुवाकी  १८ वर्षीय कमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको छतबाट खसेर घाइते भएकी किशोरीको उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार कमला आफ्नै एक तले घरको छतबाट खसेर शक्त घाइते भएकी थिइन ।

घाइते केसीको  उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तर उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।