पार्टीका लागि होइन राष्ट्र र जनताका लागि काम गरौँ : नेत सिटौला

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीका लागि नभई राष्ट्र र जनताका लागि काम गर्नुपर्ने बताएका छन् ।

गगन थापाको ‘संवाद यात्रा’को उद्घाटनका क्रममा बोल्दै उनले गणतन्त्र ल्याएको कांग्रेसले जनताका लागि काम गर्नुपर्ने बताएका हुन् ।

उनले यो यात्रका क्रममा किसान(मजदुरका समस्या बुझ्नु पर्ने सुझाव दिंदै कहाँनिर त्रुटि छ त्यो पत्ता लगाएर अघि बढ्नुपर्ने बताए ।