धादिङ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्यमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन् । आइतबार आयोजना क्षेत्रको निरीक्षणका क्रममा मन्त्री लम्सालले वर्षायाममा जोखिम न्यूनीकरण गर्दै निर्माण कार्यलाई निरन्तरता दिन निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । अनुगमनका क्रममा उनले आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै, काममा लापरबाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारे