काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच नगरपालिकाका स्थायी बासिन्दालाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले आज सम्झौता भएको छ। मेयर दीपक कुमार रिसाल र डा. सुनिल शर्माको पहलमा भएको सम्झौतामा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले हस्ताक्षर गरेका