टेम्पो भीरबाट खसेको घटना छानबिन गर्न प्रदेश सरकारद्वारा समिति गठन

  • सोमबार १ असार २०८३ ०५:४९ AM
धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो । समितिलाई घटनाको वास्तविकता पत्ता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन