पुनर्गठनको बहसले एमालेमा तरंग

  • सोमबार १ असार २०८३ ११:०१ AM
काठमाडौं : पार्टी रूपान्तरण र पुनर्गठनको बहसले एमालेमा तरंग सिर्जना गरेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू नै पुनर्गठनको पक्षमा खुलेर बोल्न थालेपछि अध्यक्ष केपी शर्मा ओलीले यस विषयलाई चासो र सतर्कताका साथ हेरिरहेका छन्। पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन भइसकेको छ।गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले बेहोरेको निराशाजनक पराजयपछि पुनर्गठनको बहस सतहमा आएको हो। निर्वाचन समीक्षाका क्रममा विगतमा अध्यक