नेपालगन्ज : ३७ वर्ष भयो, पञ्चायती व्यवस्था ढलेको । राजतन्त्र पतन भएको पनि २१ वर्ष भयो । यति लामो राजनीतिक विरासत बोकेको व्यवस्था, संस्था र त्यसका समर्थकहरू धराशायी भए भने अरू राजनीतिक पार्टीका नहोलान् भन्न सकिन्न । पछिल्लो समय नेका, एमाले र माओवादीको हविगत त ताजै छ । उदाएलगत्तै जिल्लादेखि प्रदेशस्तरका अधिवेशनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो तथ्यलाई बुझ्न सकेन भने उसको भविष्य पनि लामो नहुन सक