काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

  • आइबार​ ३१ जेठ २०८३ ०८:४८ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ । आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने जानकारी दिइन् । उनले भनिन्, ‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने छ ।’ उनका अनुसार बन्चरेडाँडा डम्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण ... The post काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने appeared first on Kalika Khabar.