काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार नेदरल्यान्ड्सले एसियन पावरहाउस जापानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ। युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनलिस्ट नेदरल्यान्ड्सले फिफा विश्वकपको गत संस्करणमा अन्तिम आठसम्मको यात्रा तय गरेको थियो।तीन पटकको उपविजेता नेदरल्यान्ड्स आफ्नो १२औं विश्वकप अनुभव लिइरहेको छ। यसपाली टोलीको पहिलो लक्ष्य नकआउट चरणमा स्थान बनाउनु हो। त्यसपछि कम्तीमा सेमिफाइनलमा पुग्नु हुनेछ।नेदरल्यान्ड्सले सन् १९९