काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई वास्तविक अर्थमा सेवाको प्रतीकका रूपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । काठमाडौं महानगरपालिका–८ ले सामाजिक सेवामा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सम्मानित व्यक्तित्वहरूले आफ्नो पेसा र क्षेत्रको विकाससँगै लोकतन्त्रको जग मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताए । उनले