काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको सात बुँदे सहमति प्रस्ताव सार्वजनिक भएको छ । जेठ १६ गते असन्तुष्ट पक्षलाई पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म कुनै प्रतिक्रिया नआएपछि आइतबार सार्वजनिक गरिएको हो । ‘सबैसँगै बढौँ यसरी’ शीर्षकमा तयार गरिएको प्रस्तावमा विशेष महाधिवेशनपछि उत्पन्न राजनीतिक अवस्थालाई स्वीकार गर्दै विगतका मतभेद