केरलामा प्रविधि महोत्सवमा भागदौड : चारको मृत्यु, २० जना घाइते

काठमाण्डौँ - भारतको केरलास्थित कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी क्युस्याटमा आयोजित प्रविधि महोत्सवका क्रममा भागदौड मच्चिँदा कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ । उक्त घटनामा २० जना घाइते भएका छन् । 

क्याम्पसको खुल्ला कार्यक्रमस्थलमा आयोजित एक म्युजिक कन्सर्ट र प्रविधि प्रदर्शनीका क्रममा उक्त घटना भएको हो । स्वास्थ्यमन्त्री वीणा जर्जले भागदौडमा परी चार विद्यार्थीको मृत्यु भएको र २० जना घाइते भएको पुष्टि गरेका छन् । 

स्वास्थ्यमन्त्री जर्जले घाइते विद्यार्थीका लागि कलामासेरी मेडिकल कलेजमा  उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।