खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ

  • शनिबार ३० जेठ २०८३ १२:४५ PM
बिर्तामोड, ३० जेठ । झापाको मेचीनगरबाट खैरो हिरोइनसहित बिर्तामोडका एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले आज दिउँसो मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रबाट बिर्तामोड नगरपालिका–७ निवासी ३० वर्षीय विष्णु सिंह राजवंशीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट पैदल नेपालतर्फ आउँदै