चैनपुरमा पाँच हजार आठ सय कफीका बिरुवा वितरण

  • शनिबार ३० जेठ २०८३ ०२:१८ PM
खाँदबारी, ३० जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नम्बर २ ले कफीखेती प्रवर्द्धन गर्ने उद्देश्यले वडाभित्रका किसानलाई कफीका बिरुवा वितरण गरेको छ । वडामा रहेका चार वटा टोलका किसानलाई पाँच हजार ८०० कफीका बिरुवा निःशुल्क वितरण गरिएको वडाध्यक्ष फुर्दावा शेर्पाले बताउनुभयो । कफीखेतीलाई आयआर्जनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्न वडा कार्यालयले विशेष प्राथमिकता दिएर कफिका