लैनचौरमा दुई वटा स्कुटर एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको लैनचौरमा दुई वटा स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति काठमाडौँ महानगरपालिका-२ लैनचौरस्थित सडकमा बा७९प ५४७८ नम्बरको र बा प्र ०२-०३६ प ७४४९ नम्बरको दुई वटा स्कुटर एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाप्र ०२-०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका-५ का २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बा७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।