सुन तस्करी प्रकरणबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ - नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक पदम गिरीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो भन्दा परिमाणको सुन राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको थियो ।