'तीन महिनाभित्र उद्योगले महसुल नतिरे फेरि लाइन काटिनेछ' : कुलमान

 काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  दिइइएको तीन महिनाभित्र उद्योगहरुले महसुल भुक्तान नगरे फेरि लाइन काटिने बताएका छन् ।

आज सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा घिसिङले तीन महिनाभित्र वक्यौता नतिरे प्राधिकरणले आवश्यक निर्णय लिने बताएका हुन् । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय दिएर लाइन जोडिदिएका छौं । त्यति बेलासम्म पनि उद्योगले बुझाउनु पर्ने महसुल बुझाएनन् भने प्राधिकरणले आवश्यक निर्णय लिनेछ,’ उनले भने ।