चेक बाउन्स हुँदा अब कालोसूचीमा नपर्ने

काठमाडौँ । कर्जा सूचना केन्द्रले  अब खातामा पर्याप्त रकम नहुँदा चेक काट्दा कालोसूचीमा नराख्ने भएको छ ।

यस अघि चेक बाउन्स हुँदा कालोसूचीमा राखेर बैकिङ कारोबार बन्द गर्ने गरेको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०८१र८२ को मौद्रिक नीतिमार्फत उक्त व्यवस्थालाई खारेज गर्ने घोषणा गरेका हुन् ।

‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ ।’ मौद्रिक नीतिमा भनिएको छ ।