राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौँ - राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट चार महिना सदस्य बनेका थिए ।
त्यस्तै मन्त्रिपरिषद्ले सदस्यहरूमा आरती मिसार महोत्तरी, रमेश प्रसाद सिंह धनुषा , प्रकाशकुमार सिंह अर्घाखाँची, गीताकुमारी पौडेल  अधिकारी झापा, डा जय बहादुर टन्डन अर्घाखाँची र गंगादत्त अवस्थी दार्चुलालाई नियुक्त गरेको छ ।