कोसी सरकारविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा 

काठमाडौँ - कोसी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । बहस गर्दागर्दै समय सकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो। मंगलबार जवाफी बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो । सोमबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।