"सम्झिराखन " - मानसिक स्वास्थ्यमा आधारित गीत, सुजन र विजयको गायन, 'फर्कि फर्कि' का निर्देशक सुयोग गुरुङको निर्देशनमा

लण्डन निबासी गायकद्वय सुजन पराजुली र भिजे घिमिरे को गित सम्झिराखन बजारमा आएको छ । मानसिक स्वास्थ्य लाई प्रमुख बिषय बनाइएको गितमा,संगीत,शब्द अनि  अभिनय गाएकद्व्यकोनै रहेको छ ।

मानसिक स्वास्थ जस्तो जटिल संवेदसिल बिषयलाई समेटेर बनाइएको कथा बस्तुलाई दर्शक श्रोताले मन पराएका छ्न । सुजन भन्छन नेपाली संगीत  क्षेत्रमा नौलो प्रयोग गरेका छौ, नेपाली पप र टिपिकल लोक गितको सम्योजनको सुरुवात आफुहरुले नै सुरु गरेको दाबी गर्छ्न । अर्का गायक भिजे घिमिरे निकै उत्साहित छ्न ,उनि थप्छ्न अब नयाँ बाटो खुलेको छ नेपाली फ्युजन गितको ट्रेन्ड आउनेमा ढुक्क छौ ।

कथा बस्तुमा भिजे र सुजन यमराज र चित्रगुप्तको भूमिकामा देखिन्छन । मानसिक स्वास्थको कारण स्वर्ग लोक  अस्वभाविक मृत्युदर बढेको कारण व्यवस्थापन गर्ने गाह्रो भएकोले रोकथामको लागी उनिहरु पृथ्वी लोकमा गएको र  रोकथाम नियत्रण गर्न सफल भएको कथा लाई आकर्षक ढङ्गले  देखाउन खोजिएको छ । गितको कथा बस्तु अनि डाइरेक्सन अनमोल केसी अभिनित चलचित्रका  निर्देशक सुयोग गुरुङको रहेको छ ।

भिजे म्युजिक युट्युब च्यानलबाट  रिलिज  गरिएको गितमा किरन थापा र अभी वाग्लेको कोरियोग्राफ रहेको छ भने गितको अरेन्ज विप स्टुडियोले गरेको हो ।