सौर्य एअरलाइन्सले भन्यो, ‘हामी पनि भावविह्वल छौँ, पीडितलाई सक्दो सहयोग र साथ दिन्छौँ’

काठमाडौँ । गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाबाट मर्माहत भएको सूर्य एअरलाइन्स व्यवस्थापकले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै सौर्यले मृतक १८ जनाको परिवारलाई कम्पनीको तर्फबाट  हुन सक्ने सम्पूर्ण साथ सपोर्ट रहने विश्वास दिलाएको छ ।

‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउछौँ ।’एअरलाइन्सका अध्यक्ष दीपक पोखरेल तथा कम्पनीको तर्फबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ । 

 दुर्घटनामा परि बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको शिघ्र स्वास्थ्य लाभको कामनासमेत एयरलाइन्सले गरेको छ । उनको अहिले काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्थामा सुधार भएपछि उनलाई सघन उपचार कक्षबाट निकालिएको छ ।

 उक्त दुर्घटनामा एकै परिवारका तीनसहित अधिकांश कम्पनीकै प्राविधिक कर्मचारीले ज्यान गुमाएका थिए । दुर्घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको ज्यान गएको थियो ।