'सुन प्रकरण निष्कर्षमा नपुर्‍याए सरकारको दिनगन्ती सुरू हुन्छ' : रवि लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके वर्तमान सरकारको दिनगन्ती सुरू हुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा लामिछानेले भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसकेको अवस्थामा सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन नसके सरकार दिनगन्ती सुरु हुने बताएका हुन् ।