सुन प्रकरणबारे‍ काँग्रेसले पनि गृहमन्त्रीसँग जवाफ माग्ने

काठमाडौँ - सत्तारूढ दल नेपाली कांग्रेसले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्विटल बढी सुन बरामद भएको प्रकरणमा गृहमन्त्री नायरायणकाजी श्रेष्ठसँग जवाफ माग्ने भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा काँग्रेसले श्रेष्ठसँग जवाफ माग्ने तयारी गरेको हो ।

यसअघि नेकपा एमालेले यही प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्ने निर्णय गरिसकेको छ भने राप्रपाले पनि जवाफ माग्दै संसद अवरोध गर्ने निर्णय गरेको छ ।