क्रिकेटर सन्दीप विरुद्ध पुनरावेदन नजाने गौशला २६ को निर्णय

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने माथि बलात्कारको आरोप लगाएकी गौशला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नजाने निर्णय गरेकी छन् ।

गौशला २६ ले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई  निवेदन दिँदै थप अगाडी नबढ्ने बताएकी हुन् । 

बुधबार उनले महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् ।

गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई दोषि ठहर गरेको थियो । तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको छ ।

गौशाला २६ ले चाहेमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न सक्छिन् । फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ ।