टीआरसी विधेयकमा कार्यदलमा जुट्यो सैद्धान्तिक सहमति

काठमाडौँ - संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदल सहमतिनजिक पुगेको छ ।
सिंहदरबारमा बसेको बैठकले अन्तिम रुप दिनको लागि आवश्यक परामर्श गर्ने निर्णय भएको कार्यदलका संयोजक महेश बर्तौँलाले बताए ।

पीडितमैत्री, हिजोको सर्वोच्चको फैसला र अन्तराष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने उनले बताए । अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाउने बताए ।

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौँला र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।