आईटीको दुनियाँमा उदाएका चम्किला तारा : ‘नेक्टर डिजिट’ को स्थापना र सिईओ अमृतको सफलता !

काठमाडौँ - आईटीको दुनियाँमा उदाएर अब्बल बन्दै नेपालमै बसेको सायद कमै भेटिएलान् । आफ्नो क्षमता, सिप भएका ब्यक्तिहरु हरहमेसा बिदेश जानै खोजिरहेका हुन्छन् भने त्यस्ता ब्यक्ति पाउन हम्मे नै पर्छ । तर केहि उदाहरणीय ब्यक्ति पनि हुन्छन् जहाँ बिदेशी भुमिलाई छोडेर नेपालमै केहि गर्छु भनेर लागी रहेका छन् । नेपालीभूमिमै केहि गर्नुपर्छ भनेर उदाएका तारा हुन् अमृत स्पर्श । उनले बिदेशीभूमिलाई छोडेर नेक्टर डिजिट खोलेर सम्पूर्ण काम गर्दै आएका छन् । 

वेब डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ, सर्च ईन्जिन अप्टिमाइजेसन, ब्राण्डिङदेखि लिएर सेक्युरिटीसम्मको सेवा प्रदान गर्ने नेक्टरले एउटै छातामुनी रहेर अल ईन वान प्याकेजको सेवा प्रदान गरिरहेको छ । 

नेपालमा प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु उदयीमान अवस्थामा छन् । कम्पनीको संख्या पनि सीमित छन् र यी कम्पनीहरुले सेवा पनि एउटा निश्चित शीर्षक अन्तर्गत रहेर प्रदान गर्छन् । तर अमृतको कम्पनीले भने यी सबै सेवाहरु एकै छतमुनि प्रदान गरिरहेको छ ।  

अमृत भन्छन्, ‘वेब तथा मोबाइल एप्लिकेसन डेभलपमेन्टदेखि नेटवर्किङ सम्बन्धी काम, कम्पनीको सर्भर ह्यान्डलिङ तथा व्यवस्थापन, साइबर डिफेन्स, ईथिकल ह्याकिङ, पेनिट्रेसन टेस्टिङ लगायतका सबै काम हामी आफैं गर्छौं ।’

उनले अगाडि भने, ‘कुनै पनि कम्पनीले हामीसँग काम गरिरहँदा उनीहरुलाई सीसीटीभीको समस्या भयो, आन्तरिक नेटवर्क बनाउन पर्‍यो भने पनि उनीहरुले हामीलाई सम्पर्क गर्नसक्छन् ।’ नेक्टरले कुनै पनि प्रोडक्ट सेल्स र हार्डवेयर सप्लाईको काम नगर्ने, तर सफ्टवेयरको सबै काम गर्ने बताए ।  

‘लिनक्स, विण्डोज जस्ता सर्भरहरु मेन्टेन गर्नेदेखि लिएर इन्टर्नल नेटवर्किङको काम, सेक्युरिटीका कामहरु सिस्को जुनिपर राउटर म्यानेजमेन्टका कामहरु पनि हामी गर्छौं,’ उनले भने । 

एकै छतमुनी धेरै सेवा प्रदान गर्ने भएको कारण नेक्टरबाट सेवाग्राहीहरुले अतिरिक्त सुविधा पनि थप पाउन सक्ने अमृत बताउँछन् । डिजास्टर रिकोभरीको क्षेत्रमा पनि आफूहरुले काम गरिरहेको उनले बताए ।

‘कसैले हामीसँग वेब डेभलपमेन्ट गराउनुभयो भने डिजिटल मार्केटिङको प्याकेज चाहिँ अतिरिक्त सेवाको रुपमा निशुल्क प्रदान गर्छौं,’ अमृतले भने, ‘जस्तो तपाईंले वेब डेभलपमेन्टको काम गराउनु भयो भने दुई,तीन महिनाको डिजिटल मार्केटिङ तथा सर्च इन्जिन अप्टिमाइजेसको काम हामी हेरिदिन्छौं । यस्तै वेब डेभलप गराउनुभयो भने इन्टरनल नेटवर्किङमा समस्या आउँदा हामी परामर्शदाताको रुपमा पनि निशुल्क सेवा दिन्छौं ।’ 

तर नेपाल जस्तो मुलुकमा कुनै पनि सफ्टवेयर प्रोडक्ट होस् वा आइटी प्रोजेक्ट, सुरक्षाको विषयलाई सधै अलग्याएर हेरिन्छ । त्यसको लागि छुट्टै शुल्क चार्ज गर्ने वा त्यसमै केन्द्रित भएर छुट्टै डेडिकेटेड सेवा प्रदान गर्ने गरिन्छ ।

यद्यपि पछिल्लो समय थोरै संख्यामा किन नहोस् गुणस्तरसँगै सुरक्षालाई पनि सेवा प्रदायक कम्पनीहरुले सँगै लिएर जान थालेका छन् । नगन्य संख्यामा रहेका यस्ता कम्पनीमध्ये अमृत स्पर्शले स्थापना गरेको कम्पनी नेक्टर डिजिट प्राइभेट लिमिटेड पनि एउटा हो । 

सुरक्षासहितको गुणस्तरीय सेवाकै कारण नेक्टरले आज ठूला ठूला कर्पोरेट हाउसहरुको विश्वास जित्न सफल भएको छ । 

नेक्टरले नेपालबाहेक दुबई, अमेरिका र इथोपियासम्म वेब डेभलपमेन्ट, सर्भर सपोर्ट, एसईओ र ब्राण्डिङको कामहरु गरिरहेको उनी बताउँछन् । 

यद्यपि ठूला संस्थानलाई मात्र नेक्टरले सेवा प्रदान गरिरहेको छैन । कम्पनीसँग विभिन्न स्तरका प्रोडक्टहरु भएको अमृतले बताए । हाल उदयीमान अवस्थामा रहेका ईकमर्स प्लेटफर्महरुका लागि पनि कम्पनीले विशेष सेवा तथा प्रोडक्ट बनाइरहेको उनले जानकारी दिए ।  

‘हामीसँग विभिन्न लेभलका प्रोडक्टहरु छन् । ईकमर्शका लागि प्लेटफर्महरु पनि हामीले बनाइरहेका छौं । कतिपय बजारमा चलिरहेका छन् । धेरै ईकमर्श साइटहरु, न्युज पोर्टल, होटलहरुको साइट, इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम बनाइरहेका छौं,’ उनले सुनाए ।

पछिल्लो समय ईकमर्श व्यवसायको वृद्दि भइरहेको छ । यसलाई ध्यान दिँदै कम्पनीले ईकमर्स प्लेटफर्महरुलाई मल्टिपल तरिकाबाट प्रयोग गर्न मिल्ने, सिंगल भेन्डर र मल्टि भेन्डर दुवैतिर काम गरिरहेको छ ।

यसबाहेक नयाँलाई ठाउँ अवसर दिन नेक्टरले एउटा उदाहरणीय अभ्यास पनि गर्दै आइरहेको छ ।
‘हामीसँग भएका म्यानपावरहरु हामीले नै सिकाएका हौं । हामी इन्टर्न तथा फ्रेसरहरुलाई प्राथमिकता दिएर काम गराइरहेका छौं । काठमाडौं सिटी कलेज, क्याथवर्ड कलेज, ब्रिटिस कलेज, पाटन मल्टिपल क्याम्पस, हिमालयन कलेज, सफ्टवेरिका जस्ता कलेजहरुबाट विद्यार्थीहरुलाई सिकाउँछौं र राम्रो गर्न सक्नेलाई प्लेसमेन्ट पनि गरिरहेका छौं,’ उनले भने ।  

एक्लैले जावलाखेलको एउटा कोठादेखि काम सुरु गरेका अमृतले हाल नेक्टरको कार्यलय अहिले सुन्धारामा रहेको छ ।  कम्पनी अहिले तीव्र विकासको गतिमा छ । २२ देखि २४ जनाको टिम भइसकेको छ । कम्पनीको विकास सकरात्मक रुपमा अगाडि गइरहेको छ । 

अमृतको व्यवसायिक व्यक्तित्वभित्र अर्को पाटो भनेको इथिकल ह्याकरको पनि रहेको छ । इथिकल ह्याकिङको अनुभव संगालेका अमृत वस्तुको गुणस्तर र त्यसको सुरक्षा पक्षलाई निकै राम्रोसँग बुझ्छन् । यसैकारण सेवामा क्वालिटी तथा सेक्युरिटी अस्योरेन्सका लागि नेक्टरले अजाइल विधिबाट काम गर्दै आइरहेको उनले सुनाए ।
आइटीको क्षेत्रमा नेक्टरको उदय उत्साहजनक रुपमा भइरहेको छ । काम ट्रयाक गर्नका लागि नेक्टरले अहिले विभिन्न सफ्टवेयर प्रयोग गरिरहका छन् । 

नेपालमा केही गर्न भनेर फर्किएका अमृतले २०१८ देखि नेक्टर डिजिट कम्पनीको स्थापना एक्लैले गरे । मलेसियाको कम्पनी एयर एसियामा आबद्ध रहेर नेपालबाटै आईटी करियर सुरु गरेका अमृतले दुबईमा पनि आईटी क्षेत्रमा प्रोजेक्ट म्यानेजर र सिनियर डेभलपरको रुपमा काम गरिसकेका छन् । उनले दुबईमा डेढ वर्षसम्म सर्भर लेभलका कामहरु गरे । कम्प्युटर साइन्समा स्नातक तह उत्तीर्ण गरेका कपिलवस्तुका अमृत स्पर्श नेक्टर डिजिटका संस्थापक तथा सीईओ हुन् ।