गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमालेको निर्णय

काठमाडौँ - नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद एक सय किलो बढि सुन प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।

एमालेले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना भन्सारबाट सुन पास गर्न असम्भव हुने भन्दै निष्पक्ष छानविनको माग गरेको हो ।