कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

काठमाडौँ - कीर्तिपुर नगरपालिकाका प्रमुख मेयर राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राति ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरेको वडा नम्बर–७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिए । नकर्मी लामो समयदेखि मृर्गौला रोगबाट पीडित थिए । मृर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएका थिए ।

मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ ।