सुन प्रकरणमा गृहमन्त्रीको जवाफ माग्दै राप्रपाले संसद अवरोध गर्ने

 काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्विन्टल बढी सुन बरामद भएको प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने भएको छ ।

राप्रपाले आज बस्ने संसद बैठकमा जवाफ माग गर्दै संसद अवरूद्व गर्ने निर्णय गरेको हो । राप्रपाले गृहमन्त्रीको राजीनामा भने नमाग्ने बताएको छ ।

गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको अवरोध कायम रहने प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।