चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौँ - चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद दीपक गिरीले चट्याङबाट मृत्यु भएकाको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका हुन्।

दाङमा केही दिनअघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समीर केसीको मृत्यु भएको जानकारी दिँदै उनले उनीहरुको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरे।