नेपाल आइडलका विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार  

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई गितार उपहार दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले करणलाई बालुवाटार बोलाएर बधाई ज्ञापन गर्दै गितार उपहार दिएका हुन् ।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताए ।  सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै सांगीतिक क्षेत्रमा करणको निकै राम्रो सम्भावना र भविष्य देखिएको र निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।