अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट

काठमाडौँ -  राष्ट्रिय सभाका  अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदुत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन्।

अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाई उडान, पर्यटन तथा  आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको छ।