एमालेले आजदेखि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ - नेकपा एमालेले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई आजबाट प्रशिक्षण दिने भएको छ ।

एमालेले आज र भोलि दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो । स्थानीय तहमा बजेट बनाउनुअघि पार्टीका तर्फबाट आवश्यक सल्लाह, सुझाव र निर्देशन दिन जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सञ्चालन हुने प्रशिक्षणमा अध्यक्ष ओलीसँगै पार्टीका नेता र विभिन्न विषयविज्ञले प्रशिक्षण दिने कार्यक्रम छ ।