लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक आज बस्दै 

दाङ - लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक आज बस्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेसन आह्वान गरेका थिए। सोही आधारमा प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक बस्न थालेको हो ।

बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेसन आह्वान सम्वन्धि पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट “मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति र कार्यविभाजन” सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने रहेको छ ।

यसैगरी दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तब्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्ली बहादुर चौधरीले “औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक” सभामा पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले “स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक” सभामा पेश गर्ने कार्यसूची छ ।