समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको ढाकाकुमार श्रेष्ठको प्रष्टीकरण

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन रहेको दाबी गरेका छन् ।