फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ - सरकारले काठमाडौँ तराई मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत केहि स्थानको जग्गा प्राप्तिको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तिका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र र अब छिट्टै नै जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।