फेरिए उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीका एसएसपी  

काठमाडौँ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीलाई सरुवा गरिएको हो । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयलमा कार्यरत एसएसपी बसन्त रजौरेलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरलाई पनि सरुवा गरिएको छ । उनको ठाउँमा सानुराम भट्टराईलाई पठाइएको छ । एसएसपी खत्री र राठौरले नौ महिनाअघि जिम्मेवारी पाएका थिए ।