बारामा रमेश खरेलको जमानत जफत

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाराको उपनिर्वाचनमा उम्मेदवारी दिएका रमेश खरेलको जमानत जफत भएको छ ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ ।

अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन् । खरेलले पाएको मत ४।१४ प्रतिशत मात्रै हो ।  बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन् ।