धरौटी बुझाएर छुटेलगत्तै दीपेश पुन फेरि पक्राउ

रुपन्देही - सहकारी प्रकरणमा धरौटी बुझाएर रिहा हुनुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन फेरि पक्राउ परेका छन् । 

आज धरौटी बुझाएर छुटेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले फेरि पक्राउ गरेको हो । वैशाख ७ गते रुपन्देही जिल्ला अदालतले दीपेशलाई ४ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटी बुझाएर छुट्दा फेरि सुन प्रकरणमा सीआईबीले पक्राउ गर्ने सूचना पाएपछि दीपेश चलाखीपूर्वक धरौटी नबुझाई थुनामै बसेका थिए । तर उले आज धरौटी बुझाएर रिहा भएलगत्तै सीआईबीले पक्राउ गरेको हो ।

दीपेशको नाम सुन तस्करी प्रकरणमा पनि मुछिएको छ ।