देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन जिल्ला प्रशासनलाई गृहले गर्यो पत्राचार  

काठमाडौँ । गृह मन्त्रालयले देशभरका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन पत्राचार गरेको छ ।

देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै गृहले आ–आफ्ना जिल्लामा रहेका अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो ।

“मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजनारयोजना सञ्चालन गर्न कार्यालयरनिकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्रररुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ,” गृहको पत्रमा उल्लेख छ ।

साथै गृहले अलपत्रररुग्ण आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालयरनिकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न पनि निर्देशन दिएको छ ।