उपेन्द्र यादवलाई सिके राउतको बधाई

काठमाण्डौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन् । गएको आइतबार भएको उपचुनावमा विजयी भएका जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिएका छन् । 

उपचुनावमा जसपा र जनमत पार्टीबीच मुख्य प्रतिस्पर्धी भएको थियो । जसपाका यादवले २८ हजार ४ सय १५ मत ल्याएर विजयी हुँदा जनमतका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् । यस अगाडि मंसिर ४ मा भएको चुनावमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष राउतसँग यादव पराजित भएका थिए ।