मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीको उपचार भत्ता अब स्थानीय तहलाई बजेटमै पठाइने

काठमाडौँ । सरकारले अब गम्भिर रोग मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीको औषधि उपचार खर्च अब स्थानीय तहको बजेटमै समेट्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीलाई दिइने खर्च तथ्यांकअनुसार स्थानीय तहको बजेटमै एकमुष्ठ पठाउने निर्णय गरेको हो ।

त्यसका निम्ति बिरामीको खातामा नियमित ट्रान्सफर गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ । यसअघि स्थानीय तहहरूले भत्ता वितरण गरी मन्त्रालयमार्फत् शोधभर्ना लिँदै आएका थिए ।