पुराना दलमा जनताकाे बितृष्णा : रबि र स्वर्णिमकाे नयाँ युगमा जनताकाे आशा

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को अहिले तत्कालको उपनिर्वाचनमा सभापति रबि लामिछाने ५४ हजार १ सय ७६ मतसहित भारी मतान्तरले विजयी भए । उनको निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारयण श्रेष्ठले ११ हजार १ सय १४ मत पाएका थिए । भने तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मतमा चित्त बुझाउनु पर्यो । यसरी अन्तर केलाउँदा लामिछानेले ४३ हजार ६२ मत बढी पाएका छन् ।

नेपाली जनताको मन मुटुमा बस्न सफल भएका लामिछाने अहिले पनि उत्तिकै चर्चामा छन् । न्युज २४को सिधाकुरा जनतासँग कार्यक्रमबाट नेपाली पत्रकारितामा आएका उनी केहि महिना अगाडीको चुनावमा  सांसद पद जितेर गृहमन्त्री समेत भएका थिए । तर नागरिकता तथा पासपोर्टको मुद्दामा पद बिहिन भएका लामिछाने अहिले फेरी चितवनबाटै जितेर फेरी सांसद भएका छन् । अब उनी सरकारमा जाने अथवा नजाने भन्ने बिषयमा अहिले औपचारिक जानकारी त छैन, तर पनि जनताले उनीबाट धेरै आशा गरेका छन् । गृहमन्त्री हुँदा अबैध बालुवा खानी बन्द देखि निजि रुपमा सरकारी तलवले राखिएका सुरक्षा गार्ड समेत हटाएर जनताको माया धेरै बटुलेका थिए । पत्रकारिताको क्षेत्रमा रहँदा पनि उनले गरेका काम निकै अबिष्मरणीय छ । बिदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, बेचिएका चेलीको उद्धार तथा सहयोग गरेर निकै चर्चामा आएका ब्यक्ति रबि लामिछाने हुन् । उनले उद्धारका लागी पहल मात्र गरेनन् बिदेशमै गएर पनि सहयोग गरेका थिए । 

यस्ता बिबिध कारणले पनि रबि लामिछानेमाथी जनताको आशा ठुलो छ भन्न सकिन्छ । बास्तवमा रबि लामिछानेले उठाएका धेरै कुराहरु सहि छन् । देशले मागेको र अहिलेको आबश्यकतामा रबि लामिछाने पर्छन् भन्नु कुनै अनौठो कुरा नहोला । अब उनलाई सबै दलले साथ दिएर काम गर्न दिनुपर्छ । यसैपनि नेपालको चुनावि ईतिहासमा भारी मतले बिजयी भएका लामिछानेलाई साथ लिएर जनताको काम गर्न र बिकासमा सघाउन उत्पैेरित गर्नुुको बिकल्प पनि छैन । 

यसैक्रममा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकै उम्मेदवार डा स्वर्णिम वाग्ले पनि  विजयी भएका छन् । वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पराजित गरेका हुन् । उनी पनि नेपाली कााग्रेसबाट उदाएका ब्यक्ति हुन् ।  गएको चुनावमा हार ब्यहोर्न पुगेका वाग्ले अहिलेको उपनिर्वाचनमा रास्वपाबाट उठेर ठुलो मतान्तरले बिजयी भएका छन् । 

अन्य दलभन्दा पनि अब नयाँ मान्छेलाई जिताउँदा बिकास देखि भ्रष्टचार पनि कम हुन्छ भन्ने धारणा धेरै जनतामाझ पुगीसकेको छ । अर्को कुरा काँग्रेशको गढ मानिने रामचन्द्र पौडेलको जिल्लामा अन्य दलले यसरी जित्नुपनि सोचनिय कुरा नै हो । काँग्रेशबाट आजित भएका जनताहरुले नयाँ अनुहार देख्नेबित्तीकै भोटको खोलो बगाईदिए । अब आशा नयाँबाटै लिने तनहुँका जनताले बनाए । यस कारणपनि चितवन २ र तनहुँ १ मा स्वतन्त्र जिताई दिए । तनहुँ र चितवन बासिको मात्र हैन देशको भलो र उन्नतीशिल काम काम गरेको हेर्ने सारा नेपालीहरुको चाहाना हो । 
गत मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा १३ गरी २० सिटसहित चौथो ठूलो दल बनेको थियो ।