बोआओ फोरममा सहभागी हुन एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।

बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।

बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।