प्रहरी सेवालाई अझै प्रभावकारी बनाउने : आईजीपी कुँवर

काठमाडौँ - नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो ‘भीष्म प्रतिज्ञा’ भएको बताएका छन् । गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन  समारोहमा कुँवरले भने–‘आन्तरिक शुद्धीकरण मेरो भीष्म प्रतिज्ञा हो, त्यसबाट म किञ्चित पनि डगमगाउने छैन र

प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने आवश्यक्ता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन  भनि कुँवरले बताए । ‘प्रहरी समाजकै अङ्ग हो, त्यसैले राम्रा नराम्रा सबै समाजका पात्र नै आउने हुन्’यहाँ सुधार आवश्यक छ, अब बाटो बिराएकाहरू सुध्रिनुको विकल्प छैन ।’

विधिको शासन र मानव अधिकारको प्रत्याभूति गराउन प्रहरी उच्च सतर्कताको साथ परिचालित भएको उल्लेख गर्दै नवनियुक्त आईजीपी कुँवरले प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने बताए ।

प्रहरीको वृत्ति विकासमा अवसरको पहुँचमा निष्पक्षता कायम गर्ने कुँवरले दाबी गरे । ‘यहाँ सुधार आवश्यक छ’ कुँवरले भने–‘ अब त्यसका लागि दिन गनेर बस्ने अवस्था छैन ।’ अनुचित प्रभाव र दबाबका सामु कहिल्यै सम्झौता नगर्ने कुँवरले बताए । अपराधको रोकथाम, अनुसन्धानका साथै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय तथा सहकार्य गर्दै देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाउन आफू क्रियाशील रहने उनले बताए ।